Section 56
लिक्वीडेटरको नियुक्ति
(१) दफा ५५ बमोजिम कोष विघटन हुने भएमा प्रचलित कानून बमोजिम इजाजतप्राप्त व्यक्तिहरुमध्येबाट एकजना लिक्वीडेटर नियुक्ति गर्नेछ ।

(२) उपदफा (१) - बमोजिम नियुक्त लिक्वीडेटरको काम, कर्तव्य र अधिकार दामासाही सम्बन्धी ऐन, २०६३ बमोजिम नियुक्त लिक्वीडेटरलाई भए सरह हुनेछ ।

(३) लिक्वीडेटरलाई नेपाल सरकारले तोकिदिएको पारिश्रमिक वा भत्ता कोषबाट प्राप्त हुनेछ ।